• फाल्गुन २७ २०८२, बुधबार

कतारकी राजकुमारी थानीले गरिन अन्नपूर्ण हिमालको आरोहण

बैशाख ३ २०८०, आईतवार

काठमाडौं। कतारकी राजकुमारी शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी छिन् ।

इलाइट एक्सपिडिसन मार्फत थानीले शनिबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित अन्नपूर्णको चुचुरोमा पुग्न सफल भएकी हुन् । पर्वतारोही निर्मल पुर्जा (निम्स) नेतृत्वको शेर्पाहरूको टोलीको सहयोगमा थानीले अन्नपूर्ण आरोहण गरेको इलाइट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए।

आरोहणसँगै विश्वको दशौँ अग्लो शिखर अन्नपूर्ण हिमालको आरोहण गर्ने थानी पहिलो कतारी महिला बनेकी हुन् । थानीसहित अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलस्डेयर स्कट म्याकेन्जीले पनि अन्नपूर्ण आरोहण गरेका छन् ।

राजकुमारी थानीले यसअघि सगरमाथा, धवलागिरी, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु हिमालको आरोहण गरिसकेकी छन् । थानी गत फागुन २२ गते अन्नपूर्ण हिमाल आरोहणका लागि म्याग्दी पुगेकी थिइन् ।