• आश्विन १४ २०८१, सोमबार

मगरात कलाकारको आयोजनामा वनभोज तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

बैशाख २ २०८०, शनिबार

काठमाडौँ । अथार मगरात कलाकार संघको आयोजनामा वनभोज तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । ‘मातृ लोककला, संस्कृति हाम्रो पहिचान, मिलिजुली संरक्षण गर्नु मुख्य अभियान’ भन्ने मूल नाराका साथ नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

शनिवार काठमाडौंको बाईसधारामा अथार मगरात कलाकार संघ केन्द्रिय समितिका अध्यक्ष किरणबाबु पुनको अध्यक्षता र हास्य कलाकार खब पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि झबिन्द्र पुनमगर र विशिष्ट अतिथिहरूद्वारा मगर समुदायको ऐतिहासिक पञ्चेबाजाको धुनमा कार्यक्रमको उट्घाटन गरियो ।

 

अथार मगरात मगर प्रतिष्ठानका अध्यक्ष झबिन्द्र पुनमगरले आगामी दिनमा मगर समुदायको कला संस्कृतिलाई प्रवद्र्धन र संरक्षण गर्ने मुख्य उद्देश्यका साथ अगाडि बढ्नु पर्ने बताए ।

 

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको भूमिकामा अन्तरराष्ट्रिय मगर महासंघका अध्ययक्ष नवीन रोकामगर, समाजसेवी तथा व्यवसायी मान बहादुर बुढा , निवर्तमान उपराष्ट्रपतिका स्वकीय सचिव सुक बहादुर रोका शरद ,खर्क बुदा मगर संगै अतिथीहरुमा नेपाल मगर संघ केन्द्रिय समितिका उपमहासचिव खगेन्द्र पुनमगर, नेपाल मगर संघ केन्द्रिय समितिका सञ्चार प्रमुख मानबहादुर पुनमगर, नेपाल मगर संघ केन्द्रिय समितिका महासचिव टेक नाम्जालीमगर, निवर्तमान उपराष्ट्रपतिका स्वकीय सचिव सुकबहादुर रोका ‘शरद’ र खर्कबहादुर बुढामगर रहेका थिए ।

 

कार्यक्रममा वरिष्ठ गायिका टिका पुन, देवी घर्तीमगर, करिश्मा घर्ती, वरिष्ठ गायक देविराम रानामगर लगायतले सांगीतिक प्रस्तुति गरेका थिए । त्यसैगरी अथार मगरात कलाकार संघका कलाकारहरूले नृत्य प्रस्तुत गरी सांगीतिक माहोल सिर्जना गरियो ।

 

 

प्रिया घर्तीमगर, केशु पुनमगर, बसन्त खड्गा, ममता रानामगर लगायत अन्य कलाकारले नृत्य मार्फत् मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा मगर समुदायको ऐतिहासिक महत्व झल्काउने पैंस्यारू र भूमे नाचमा प्रमुख अतिथि तथा अन्य विशिष्ट अतिथि सहित सबै रमाए । वनभोज कार्यक्रमको अवसर पारी कार्यक्रममार्फत् भूमे समाज काठमाडौँको पात्रो विमोचन पनि गरिएको थियो ।

कार्यक्रम सभ्य र भव्य बनाउन सहयोग प्रदान गर्ने १५० भन्दा बढि संघ संस्था र व्यक्तिलाई सम्मान पत्र प्रदान गरिएको थियो ।