काठमाडौं । वाङमय शताब्दी पुरुष संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको सय वर्षको उमेरमा निधन भएको छ ।
सत्यमोहन जोशीको एकसय चार वर्षको उमेरमा आठ महिना अघि निधन भएको थियो ।
शनिबार बिहान ५:१५ मिनेट जाँदा ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
‘बिहीबारदेखि उनको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।