काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमार्फत् परिणाम नआएपछि दोस्रो चरणको निर्वाचन तयारी हुँदै गर्दा वरिष्ठ उपाध्यक्ष निर्विरोध चयन गर्ने सहमति जुटेको हो ।
वरिष्ठ उपाध्यक्षमा उठेका अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ तथा रामचन्द्र संघईमध्ये पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसकेपछि बढी मत प्राप्त गरेका अञ्जन र उमेशबीच दोस्रो चरणमा चुनावी प्रतिस्पर्धाको तयारी हुँदै गर्दा सहमति जुटेको हो ।
वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुनेछन् । यी बाहेक महासंघको ६३ पदको लागि भएको चुनावी परिणाम यसअघि नै आइसकेको छ ।
वस्तुगततर्फ उपाध्यक्षमा हेमराज ढकाल, जिल्ला र नगरतर्फ उपाध्यक्षमा सुरकृष्ण बैद्य, एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ निर्वाचित भएका छन् ।