• असार २२ २०८१, शुक्रबार

अर्थतन्त्र खराब भएका बेला दाङका कार शोरुममा भने बढ्यो चहलपहल

चैत्र २८ २०७९, मंगलवार

घोराही, २८ चैत्र । टेन्टमुनी कुर्सीहरु थप्ने काम औपचारिक कार्यक्रम सकिएपछि पनि चलिरहेको थियो । घोराही क्षेत्रका ठूला व्यवसायी तथा धनाढ्य वर्गको उपस्थिति रहेको मानिन्थ्यो । कोही साना बच्चा लगेर पनि पुगेका थिए ।

स्वर्गद्धारी अटो डिष्ट्रिव्यूटर्स घोराहीले सुजुकीका चारपांग्रे सवारी सार्वजनिक गर्दै थियो । छोटो औपचारिकतासँगै सुजुकीका द ग्राण्ड भिटारा र नयाँ बे्रजा कारको घुम्टो खोलेर सार्वजनिक गरियो । त्यसका विशेषताका बारेमा कम्पनीका ट्रिगर म्यानेजर बुद्धिराज चौधरीले ब्रिफिङ गर्न शुरु गर्नुभयो ।

उपस्थित धेरै जना त्यो सुन्नु भन्दा कारको अवलोकन गर्न व्यस्त भए । डिष्ट्रिव्यूटर्सका अध्यक्ष हिमप्रसाद श्रेष्ठको अध्यक्षता एवम् नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष लालमणि भण्डारीले सार्वजनिक गर्नुभएको थियो । आर्थिक मन्दिले बजार सुस्ताएको र व्यवसायी निरास देखिएको बेला सुजुकीले आशा बढाएको वक्ताहरुको भनाई थियो ।

उनीहरुले ग्राउन्ड क्लेरेन्स राम्रो र टोयोटाको भर्सनमा बनेको हुनाले गाडि यहाँको उपटखापटमा उपयुक्त हुने बताए । आकर्षक डिजाइनका सवारी भएकाले युवापिढीको नजरमा पर्ने उनिहरुको भनाई थियो । उद्घाटनको अवसरमा बुकिङ गर्नेलाई दुईलाख रुपैयाँ छुट रहेको र टेष्ट ड्राइभ गर्नेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको डिष्टिव्युटर्सका सञ्चालक विपिन श्रेष्ठको भनाई थियो ।

अवलोकन गर्नेले निकै रुचिका साथ हेरिरहेका थिए । यसले कार मनपराएको पुष्टि हुन्थ्यो । केहिले सञ्चालक विपिनको मिठास र मिलनसारपनले उपस्थिति बढेको बताएका थिए । लामो समय पछि कारलञ्च भएकाले नौलो मानेर पनि उपस्थिति हुनसक्छ । नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष सविन प्रियासनका अनुसार यसले समग्रमा आशा बढाएको छ ।

बैंकर एसोसियसन घोराहीका अध्यक्ष डिल्लीराज भुषाल लगायतले कारको अवलोकनलाई महत्व दिनुभएको थियो । ठूलो संख्यामा मानिसका चहलपहल कोरोना पछिको सम्भवत पहिलो हो ।