काठमाडौं । चिकित्सा शिक्षा आयोगले योग्यताक्रम विपरित भर्ना प्रक्रिया अघि बढाएको भन्दै प्रदर्शन गरिएको छ । काठमाडौंको मंगलबार दिउँसो माइतीघर मण्डलामा चिकित्सा शिक्षाका विद्यार्थीहरूले प्रदर्शन गरे ।
चिकित्सा शिक्षा आयोगले सर्वोच्च अदालतको आदेशको अवज्ञा र एमडीरएमएस, एमबिबिएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रिया अघि बढाएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरूले प्रदर्शनमा एप्रोन लगाएर नारा लेखिएका ब्यानरहरू बोकेका थिए । मेरिटोक्रेसी कता छ हामी यता छौं, हिजो हजुरहरूको पीडामा हामी मलम बन्यौं आज हाम्रो दुखमा हजुर कलम बनिदिनुस्, मिहेनत र मेरिटको सम्मान गर, दादा (गिरी) बन्द गरौं सर्वोच्चको फैसलाको कदर गरौं लगायतका नारा लेखेर विद्यार्थीहरु उपस्थित भएका हुन् ।
यस विषयमा अनेरास्ववियु विद्यार्थी संगठनका अध्यक्ष समिक बडालले आयोगमा ध्यानाकर्षण पत्र समेत बुझाएका ।