• मंसिर ९ २०८१, आईतवार

के सूर्य भर्खरै २१ वर्ष पुग्दैछ ?

चैत्र २८ २०७९, मंगलवार

मानिसलाई चासो छ, पृथ्वी कति वर्ष भयो ? सूर्य कति वर्ष भयो ? कति वर्षसम्म सौर्य परिवार रहला ? मानव वा जीवको अस्तित्व कहिलेसम्म संभव होला ? यावत कुराले मानिस रन्थनिएको छ ।

यो चासो र जिज्ञासा मात्र नभएर विज्ञानसम्मत खोज र अनुसन्धानको कुरा पनि हो । त्यसैले यो चासो रहेको कुराबाट कोही पनि विमुख हुन चाहदैन र हुन सक्दैन पनि । सूर्य हामी बसेको पृथ्वीबाट १४ करोड ९६ लाख किलोमिटर टाढा छ ।

तर परिक्रमाको क्रममा सूर्य हाम्रो पृथ्वीबाट कहिले नजिक त कहिले टाढा हुने गर्छ । यो टाढा र नजिक हुने क्रम वर्षमा २ पटक हुन्छ । पृथ्वी २९ दशमलब ७८ किलोमिटर प्रतिसेकेण्डको तिब्र गतिमा सूर्यको निरन्तर परिक्रमा यात्रा गरिरहन्छ ।

पृथ्वी सूर्य टुक्रिएर बन्यो भन्ने छ । कतिपयले होइन, कणहरू जम्मा हुँदै जाँदा पृथ्वी बन्यो भन्ने पनि छ । सूर्य भएकै कारण पृथ्वीमा जीवन संभव भइरहेको छ । मानव जीवनका लागि यति ठूलो महत्व राख्ने सूर्य कति वर्षसम्म रहला ! अहिले कति वर्ष पुग्यो होला ?

या कुरा थाह पाउन सूर्यको उमेर कति भयो भनेर खोज्नै पर्छ । जस्तो पृथ्वीको उमेर कति भयो भन्ने खोज्न सूर्यलाई आधार मानेर सोधीखोजी गर्छौं । सौर्य परिवारमा रहेको नाताले सूर्यसँग ‘तिम्रो परिवारको सदस्य रहेका पृथ्वी कति वर्षका भए’ भनेर सोधखोज गर्नैपर्छ ।

सूर्यले मेरो सदस्य रहेको पृथ्वीको जन्म भएको ‘तिमीले मानव वर्षको आधारमा गणना गर’ भनेर भनिदिए पुगिहाल्छ । हामी खोजी गर्छौं पनि । मानव वर्षका आधारमा पृथ्वीको जन्म ४.६ अर्ब पहिले भएको भनी मान्दै आएका छौं ।

पृथ्वीले सूर्यको परिक्रमा गरेजस्तै सूर्यले ग्यालेक्टिकल सेन्टरको वरिपरि परिक्रमा गर्ने गर्छ । परिक्रमाको यो गति २४० किलोमिटर प्रतिसेकेण्ड रहेको छ । पृथ्वीलाई सूर्यको एक पटक परिक्रमा गर्न ३६५ दिन लागेजस्तै सूर्यलाई ग्यालेक्टिकल सेन्टरको एक पटक परिक्रमा गर्न झण्डै २३ करोड मानव वर्ष लाग्छ ।

खगोलविद भन्छन्, सूर्य बनेदेखि अहिलेसम्म यसले ग्यालेक्टिकल सेन्टरको वरिपरि मात्र २० पटक परिक्रमा पूरा गरेर २१औं पटकको परिक्रमाको क्रममा छ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने समय मानव वर्षमा गणना गरिएझैं सूर्यले ग्यालेक्टिक सेन्टरको परिक्रमा गर्ने समयलाई ‘ग्यालेक्टिकल इयर’ वा ‘कस्मिक इयर’ भनिन्छ ।

एक कस्किम वा ग्यालेक्टिकल इयर बराबर २३ करोड मानव वर्ष हुन्छ । सूर्यको उमेर यही परिक्रमाको आधारमा तय गरिने हुनाले अहिलेको सूर्यको आयु २० ग्यालेक्टिक वा कस्मिक वर्ष पुगेर २१औं वर्षमा चलिरहेको छ । त्यसैले अहिले सूर्यको उमेर २१ वर्ष रहेको मानिएको छ ।