• मंसिर १२ २०८१, बुधबार

आईपीएल क्रिकेटमा लखनउको रोमाञ्चक जित

चैत्र २८ २०७९, मंगलवार

काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्लोरलाई हराउँदै एक विकेटको रोमाञ्चक जित निकालेको छ ।

चार खेलमा तीन जितका साथ लखनउ अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै भेट्टायो । एक सय २३ रनमा तीन विकेट गुमाएको लखनउका लागि मार्कुस स्टोइनिसले सर्वाधिक ६५ रन र निकोलस पुरनले ६२ रन बनाए ।

रोयल च्यालेन्जर्स बेङ्लोरका मोहम्मद शिराज र वेन पार्नेलले समान ३-३ विकेट लिए । हर्षल पटेलले २ विकेट लिए । त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको बेङ्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । बेङ्लोरका कप्तान फाफ डु प्लेसिस सर्वाधिक ७९ रनमा अविजित रहे ।

विराट कोहली ६१ र ग्लेन म्याक्सवेल ५९ रनमा आउट भए । लखनउका अमित मिश्रा र मार्क वुडले एकरएक विकेट लिए । बेङ्लोर तीन खेलमा २ अंकका साथ सातौँ स्थानमा रहेको छ ।