• बैशाख ९ २०८२, मंगलवार

विद्यालयले किताब र पोसाक बेचे कारबाही गरिन्छ : बालेन शाह

चैत्र २६ २०७९, आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेमा कारबाही गर्ने चेतावनी दिएका छन् ।

मेयर शाहले विद्यालयले किताब र पोसाक बेचेको गुनासो आएपछि यस्तो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराउदै कारबाही गर्ने चेतावनी दिएका हुन् ।

‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक-पटक आइरहेको छ,’ मेयर शाहले भने ।

मेयर शाहले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्नसमेत अनुरोध गरे । किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले चैत १७ मै परिपत्र गरेको थियो ।