• फाल्गुन २७ २०८२, बुधबार

रुस-युक्रेन युद्दको प्रभावबाट यरोपको अर्थतन्त्र जोगाइदिन फ्रान्सका राष्ट्रपतिले चीनसित गुहार मागे

चैत्र २५ २०७९, शनिबार

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले चिनियाँ समकक्षी सी जिनपिङलाई रूस–युक्रेन युद्ध रोक्नका लागि भूमिका खेल्न आग्रह गरेका छन् ।

चीनको भ्रमणमा रहेका राष्ट्रपति म्याक्रोले समकक्षी सीसँगको भेटमा युरोपमा दशकौंदेखिको शान्ति रूसका कारण खलबलिएको बताए । सिएनएनका अनुसार राष्ट्रपति म्याक्रोले युरोपको शान्ति फर्काउन चीनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

रूस–युक्रेन युद्धको विषयमा चीन तटस्थ रहँदै आएको छ । युरोपका मुलुकहरूले रूसको कदमको निन्दा गरपनि चीनले अहिलेसम्म युद्धबारे प्रतिक्रिया दिएको छैन ।

युद्ध जारी रहेकै समयमा चिनियाँ  राष्ट्रपति  सीले रूसको राजकीय भ्रमण गरेका थिए । बिहीबार फ्रान्सका राष्ट्रपतिसँगको भेटमा सीले दुई देशको आपसी सम्बन्धबारे कुराकानी गरेको सिएनएनले जनाएको छ । राष्ट्रपति सीले म्याक्रोको भ्रमणले फ्रान्स र चीनको सम्बन्ध थप बलियो भएको बताएका थिए ।

यसले दुई देशको व्यापारिक सम्बन्धमा पनि थप सुधार हुने सीको भनाइ थियो । फ्रान्स युरोपियन देश हो । यो अमेरिको मातहतमा रहेको नेटो सम्बद्ध देश हो । रुस र युक्रेनबीचको लडाइँलाई चीनले मध्यस्तता गरी रोकोस् भन्ने आसयले चीनलाई आग्रह गर्न म्याक्रो त्यहाँ गएको बताइन्छ ।

रुससितको लडाइँमा अमेरिकाले अब युक्रेनलाई सहयोग गर्न नसकिने अवस्था आएको भन्दै चीनले रुससितको लडाइँ रोकिदियोस् भनेर फ्रान्सका  राष्ट्रपतिलाई चीन पठाएको बताइन्छ । तर पछिल्लोचरणमा अमेरिकाको पछि लागेर रुसविरुद्ध अझै लड्ने हो भने आर्थिक हिसावले युरोप बर्बाद हुने भयले अमेरिकाको साथ छोड्ने मुडमा युरोपका दर्जनौं देशहरु रहेको बताइन्छ ।

युरोपियन देशहरु साँच्चै यसरी नै अगाडि आए भने अमेरिका संसारबाट अलगथलग हुने अनुमान विश्लेषकहरुले गर्दै आएका छन् । रुस-युक्रेन युद्दका कारण युरोपमा रुसी ग्यासको चरम अभाव परेको बताइन्छ l