काठमाडौं। चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि र नेपाल मगर महिला संघ बीच स्वास्थ्य सेवा उपचारकालागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा विहिबार एक कार्यक्रमबीच हस्पिटलको तर्फबाट निर्देशक सन्जिवराज भण्डारी र मगर महिला संघको तर्फबाट हिरु रानाले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा बोल्दै चिरायु नेसनल हस्पिटलका बिजनेस डेभलपमेन्ट म्यानेजर हिमाल रानाले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि र नेपाल मगर महिला संघ बीच सम्झौतापत्रमा हस्ताक्षर भएको बताए । चिरायु नेसनल हस्पिटलले विगतका दिनदेखि आजसम्म स्वास्थ्यसम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको बताए। मगर महिला संघसँग जोडिएका राष्ट्रीय अन्तराष्ट्रिय रुपमा रहेका शाखाहरुलाई स्वास्थ्य उपचारको माध्यमबाट सेवा दिन पाउँदा निकै नै खुशी लागेको बताए ।
मगर महिला संघका वरिष्ठ उपाध्यक्ष धनकुमारी रानामगरका अनुसार मगर महिला संघमा आबद्ध, संघ, प्रदेश, केन्द्र र जिल्लाका मगर महिला तथा अन्य महिलाको स्वास्थ्य उपचार सेवाकालागि लागू हुने बताइन् । संघले चिराउ अस्पतालसँग सम्झौता भए अनुसार उपचार सेवाहरुमा बेड चार्ज २५ प्रतिशत सहुलियत गरिएको छ भने त्यसैगरी प्याथोलोजी डाइनोष्टिक सेवामा २०प्रतिशत, प्रोस्युडियर सेवामा २०प्रतिशत, फार्मेसी सेवामा १० प्रतिशत, हेल्थ प्याकेजमा ५प्रतिशत र एम्बुलेन्स सेवामा उपत्यका भित्र निःशुल्क गरिने वरिष्ठ उपाध्यक्ष रानामगरले जानकारी दिइन्।
‘स्वास्थ्य नै धन हो धन नै जीवन हो’ जीवनको रक्षा गर्नु नेपाल मगर महिला संघको कर्तब्य भएको बताउदै संघका अध्यक्ष हिरु रानामगरले स्वास्थ्य उपचारकालागि चिरायु नेसनल हस्पिटलसँग सम्झौता गरेको बताइन। उनले सम्पूर्ण महिलाहरुको हितकालागि चिराउसँग सहकार्य गर्दै चिरायु नेसनल हस्पिटल र मगरमहिला सँगै सहयात्रा गर्ने प्रतिबद्धता समेत जनाइन् । साथै अध्यक्ष रानामगरले चिराउ हस्पिटल परिवारलाई संघकोतर्फबाट धन्यवाद व्यक्त गरिन् । सम्झौता कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगर, महासचिव टेक नाम्जालीमगर लगायत संघका विभिन्न भातृसंघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।