• भाद्र २२ २०८१, शनिबार

उत्तर कोरियाली समाजवादी व्यवस्थाका बारेमा गरियो काठमाडौंमा विचार गोष्ठी

चैत्र २२ २०७९, बुधबार

काठमाडौं । उत्तर कोरियामा लागु भइरहेको जुछे विचारधाराको बारेमा आज एक कार्यक्रमकाबीच काठमाडौंमा विचार गोष्ठी गरिएको छ । उत्तर कोरियासँग सम्बन्धित दर्जन बढी संघ संस्थाहरुको संयुक्त पहलमा भएको गोष्ठीमा उत्तर कोरियाको उदय र आजको अवस्थाको बोमा जानकारी दिइयो ।

जुछे विचार सम्बन्धित राष्ट्रिय गोष्ठी नाम दिइएको सो समारोहमा नेपालका कम्युनिष्ट विचारधारामा विश्वास गर्नेहरुको सहभागीता रहेका थियो । गोष्ठीको आयोजना जुछे विचार प्रतिष्ठानको आयोजनामा भएको हो ।

कार्यक्रममा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, नेपालका लागि उत्तर कोरियाली राजदूत जो यो मान, मालेका महासचिव सिपी मैनाली अतिथिको रुपमा सहभागी थिए ।

नहेन्द्र खड्काको सभापतित्वमा भएको सो समारोहमा नरेन्द्रजङ्ग पिटर, शुभकाजी श्रेष्ठ, मानिक लामा, बसन्त श्रेष्ठ, शंकर भारती, अशोक सुवेदी, चेतन कुँवर, सुर्दशन मंगोल, फनेन्द्र पन्त, राजन कार्की, रश्मी श्रेष्ठ, पेमा गुरुङ र उमा कपाली लगायतले उत्तर कोरियाको बारेमा आआफ्ना बुझाईहरु राखेका थिए । सन् १९५० को दशकमा भएको अ‍ेमरिकी आक्रमणबाट बचेर नयाँ तरिकाले उदाएको उत्तर कोरिया आज आणविक महाशक्तिको रुपमा चिनिन्छ ।