काठमाडौं । सामाजिक प्लेटफर्म ट्वीटरमा अर्को ठूलो परिवर्तन गरिएको छ । यसपटक एलोन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । यसको मतलब अब ट्वीटरबाट निलो चरा गायब भएको छ ।
यो परिवर्तन पछि प्रयोगकर्ताहरू धेरै आश्चर्यचकित छन् । किनभने ट्वीटरले आफ्नो नयाँ लोगो ‘डगी’ (कुकुर) बनाएको छ ।
ट्वीटरका मालिक एलोन मस्कले यसबारे चर्चा गरेका छन्, त्यसपछि यो विश्वास गरिएको छ कि डग्गी ट्वीटरको नयाँ लोगो हुनेछ ।