• मंसिर १५ २०८१, शनिबार

कञ्चनपुरमा रहेको आशा लघुवित्तीय संस्थामा नेकपा(बहुमत)ले गर्यो तालाबन्दी

चैत्र १९ २०७९, आईतवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बहुमतले कञ्चनपुरको झलारीमा रहेका आशा लघुवित्तीय संस्थामा तालाबन्दी गरेको जनाएको छ । सो पार्टीले सो संस्थाका कर्मचारीले प्रहरीलाई सुराकी गरेको आरोप पनि लगाएको छ ।

लघुवित्तको कार्यालयमा तालाबन्दी गर्नुका कारणहरु भन्दै सो पार्टीले केही किस्ता उठाउने नाममा जनतालाई सास्ती दिने गरेको, चर्को ब्याजदर लिएको, सेवा शुल्क र बीमाको नाममा लुटपाट मच्चाएको जस्ता आरोप पनि लगाएको छ ।

साथै शेयर सदस्यहरुलाई गम्भीर समस्या परेको बेला पनि बचत फिर्ता मागेको बेला बचत नदिएको, किस्ता तिराउने नाममा जनतालाई जबर्जस्ती गरि सास्ती दिने गरेको, हिसाब किताब पारदर्शी नभएको र शेयर सदस्यहरुको बचत पास बुक नियन्त्रणमा राखेको, शेयर सदस्यहरुलाई ब्याजदर र सेवा शुल्क घटाउन माग गर्दा सुनुवाइ गर्नुको सट्टा उल्टै लघुवित्तबाट हटाउने र शेयर र बचत पनि फिर्ता नदिने धम्की दिने गरेको सो पार्टीले आरोप लगाएको छ ।

जनताबाट व्यापकमात्रामा उजुरी आएकापछि आफ्नो पार्टीले सो संस्थाको कार्यालयमा तालाबन्दी गरेको नेकपा(बहुमत)ले जनाएको छ ।