• मंसिर १२ २०८१, बुधबार

पशुपति क्षेत्र विकास कोषका पदाधिकारी कमिसनको खेलमा लाग्ने गरेको पाइयो : मन्त्री सुदन किराती

चैत्र १८ २०७९, शनिबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिसनको खेलमा लाग्ने गरेको पाइएको बताएका छन् ।

पशुपतिनाथ क्षेत्रको सरसफाइमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले पशुपति क्षेत्र विकास कोषका पदाधिकारी कमिसनको खेलमा लाग्ने गरेको कुरा थाहा पाएको बताएका हुन् ।

पशुपति क्षेत्र परिसरमा सफाइ गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरुले पशुपति क्षेत्र विकास कोष जताबाट कमिसन आउँछ, त्यतै लाग्ने गरेको बताएको उनले सुनाए । ‘विकास कोषका साथीहरु कहाँबाट कमिसन आउँछ, खाली त्यतै मात्रै लाग्ने । आज त्यहाँको सबै जनताले भने नि त !’ उनले भने ।

पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको उनको भनाइ छ । त्यहाँ जाने दर्शनार्थीहरुले ट्वाइलेट आफूलाई सोधेको र आफू पनि टवाइलेट खोज्दै हिड्नुपर्ने अवस्था आएको पनि उनको गुनासो थियो ।

मन्त्री किरातीले पर्यटनको पहिलो आधार सरसफाई भएकाले आफू पनि पशुपतिनाथ क्षेत्रको सफाइमा गएको तर त्यहाँ धेरै फोहोर रहेको समेत बताए । उनले सो क्षेत्रमा बिहान मर्निङ वाकमा आउनेहरुले समेत फोहोर फ्याँकेर जाने गरेकाले त्यहाँको सफाइका लागि सबै सुध्रनुपर्ने बताए ।