• मंसिर १२ २०८१, बुधबार

आईपीएलमा गुजरातले गर्यो सुखद सुरुआत

चैत्र १८ २०७९, शनिबार

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं संस्करणमा गुजरात टाइटन्सले विजयी सुरुआत गरेको छ।

साविक विजेतासमेत रहेको गुजरातले शुक्रबार राती चारपटक सम्मको विजेता चेन्नाई सुपरकिंग्सलाई ५ विकेटले पराजित गर्दै लिगमा सुखद सुरुआत गरेको हो।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा चेन्नाईले दिएको १७९ रनको लक्ष्य गुजरातले १९।२ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टाएको थियो।

गुजरातको जितमा ओपनर शुभमन गिलले सर्वाधिक ६३ रन बनाए। उनले ३६ बलमा३ छक्का र ६ चौका प्रहार गरे।

त्यस्तै विजय शंकरले २७ रन बनाए भने अर्का ओपनर ऋद्धिमन शाहले २५ रन बनाए। त्यस्तै साइ सुदर्शनले २२ रन बनाउँदा कप्तान हार्दिक पाण्ड्या ८ रनमै आउट भए।

राहुल टेवाटिया र रासिद खानले अविजित १५ र १० रन बनाए।

बलिङतर्फ चेन्नाईका राजवद्र्धन हंगारगेकनले सर्वाधिक तीन विकेट लिए भने तुसार देशपाण्डे र रवीन्द्र जडेजाले समान एकएक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १७८ रनको योगफल तयार गरेको थियो।
चेन्नाईका लागि ओपनर रूतुराज गायकवाडले सर्वाधिक ९२ रन बनाए। ५० बल खेलेका उनले ४ चौका र ९ छक्का प्रहार गरे।

त्यस्तै मोइन अली २३ रन, शिवम् दुबे १९ रन र बेन स्टोक्स ७ रन बनाएर आउट हुँदा ओपनर डेभोन कनवे रवीन्द्र जडेजा एक रनमै आउट भए।

कप्तान महेन्द्र सिंह धोनीले अविजित १४ रन बनाए।

बलिङमा गुजरातका मोहम्मद शामी, रासिद खान र अल्जारी जोशेफले समान दुई–दुई विकेट लिँदा जोस लिटलले एक विकेट लिए। जितसँगै गुजरातले दुई अंक पाएको छ।