काठमाडौं । मिटरब्याजी पीडितहरुको आन्दोलन चलिरहेका बेला धनुषाबाट तीनजना मिटरब्याजी पक्राउ परेका छन् ।
शुक्रबार धनुषा प्रहरीले ऋणीसँग पैसा लिएपनि सम्पत्ति फिर्ता नगरेको आरोपमा तीनजनालाई पक्राउ गरेको हो ।
सबैला नगरपालिका-२ का ३६ वर्षीया पुनितादेवी यादव, सोही ठाउँ बस्ने ४० वर्षीय बुदुलाल यादव र जनकपुरधाम उपमहानगरपालिका २४ बसहियाका ३५ वर्षीय श्रवण दासलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार उनीहरू विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेका थियो । सोही उजुरीको अधारमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।
धनुषामा ५०० मिटरब्याज पीडितले साहुविरुद्ध उजुरी गरेका छन् । प्रहरीले दुवै पक्षलाई छलफल गराइ मिलापत्र पनि गराउने गरेका छन् ।