• आश्विन १२ २०८१, शनिबार

गरिबलाई सिटामोल छैन, पहुँचवालालाई विदेशमा उपचारका नाममा राज्यकोषको अर्बौ दोहन

चैत्र १६ २०७९, बिहीबार

काठमाडौं । विपन्नको नामको राज्यकोष दोहनमा पर्वराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री र राजनीतिक दलका नेताहरु देखिएको छन् । राज्यले कानुनविपरित मन्त्रिपरिषद्को निर्णयको भरमा राज्यकोष दोहन गरेका छन् ।

यसरी राज्यकोष दोहन गर्नेमामा पूर्व राष्ट्रपति डा. रामवरण यादव र पूर्व प्रधानमन्त्री झलनाथ खनाल यस्ता पूर्व विशिष्ट पदाधिकारी हुन् जसको उपचारमा मात्र ६ वर्षमा राज्यकोषको सवा दुई करोड रुपैयाँभन्दा बढी सकिएको छ । उनीहरूकै उपचारका लागि यो वर्ष मात्रै करदाताको ४५ लाख रुपैयाँ सकिएको छ । यादव ‘प्रोस्टेट क्यान्सर’ र खनाल मिर्गौला रोगी हुन् ।

खनाल मिर्गौला रोगको उपचारका लागि भारत गएका थिए । उनको उपचारको नाममा राज्यले २०७७ मा रु ३१ लाख  २०७८ मा रु ५८ लाख ५२ हजार र २०७९ मा रु २० लाख उपचार खर्च व्यहोरेको छ । खनाल पैसा अभावकै कारण उपचार गर्न नसक्ने होइनन् न विपन्न नै हुन् तर राज्यले उनका लागि करौडौ रुपैयाँ उपचार खर्चमा खर्चियो ।

त्यस्तै पूर्वराष्ट्रपति रामवरण यादवको भने भारत र अमेरिकामा उपचार भएको थियो । २०७४ सालमा उपचार गर्न अमेरिका जाँदा पूर्व राष्ट्रपति यादवका तीन जना सहयोगीको खर्च पनि राज्यकोषबाटै भराइएको थियो र दैनिक भत्ता बापत ३०० अमेरिकी डलर दिइएको थियो । यादवको उपचारमा राज्यको कोषबाट २०७४ मा रु.७० लाख (दुई पटकमा) २०७५ मा रु.२० लाख, २०७८ मा रु.१० लाख र २०७९ मा रु.२५ लाख खर्च भएको अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । चालू आर्थिक वर्षको पहिलो पाँच महीनामा मात्र विपन्न नागरिकको नाममा चार करोड ५४ लाख ३५ हजार रुपैयाँ आर्थिक सहायता बाँडिएको छ।

राज्यको ढुकुटीबाट बाँडिने यस्तो रकममा राजनीतिक दलका नेता, कार्यकर्ता, प्रशासनको उच्च ओहोदाका कर्मचारी सम्मले राज्यकोषको दोहन गरेका छन् ।

२०७० यता पहुँचवाला दोहनकर्ता
सुशील कोइराला, पूर्व प्रधानमन्त्री: १ करोड ४३ लाख ३८ हजार (मृत्यु भईसकेको)
आदित्य दाहाल: १ करोड ३७ लाख
केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री: १ करोड २६ लाख ३५ हजार
रामवरण यादव, पूर्वराष्ट्रपति:१ करोड २५ लाख
झलनाथ खनाल, पूर्व प्रधानमन्त्री: १ करोड १० लाख
रामकुमार प्रसाद साह, पूर्व प्रधानन्यायधीश: ८० लाख
चन्द्रकान्त भण्डारी, सांसद: ५५ लाख ८८ हजार
सुजाता कोइराला, पूर्व उपप्रधानमन्त्री: ५० लाख
तुलसी गिरी, पूर्व प्रधानमन्त्री: ४५ लाख (मृत्यु भईसकेको)
मीरा पोखरेल, (निर्वाचन आयुक्त ईश्वरी पौड्यालकी पत्नी): ४४ लाख ८० हजार
नरहरि आचार्य, पूर्वमन्त्री: ४० लाख ७० हजार
पूर्णकुमारी सुवेदी, पूर्व उपसभामुख: ४० लाख
गोविन्दराज जोशी, पूर्वमन्त्री: २७ लाख ८० हजार
मीठाराम शर्मा बजगाइँ, पूर्व सांसद: २७ लाख
सहाना प्रधान, पूर्वमन्त्री: २६ लाख ८१ हजार
मीनबहादुर विश्वकर्मा, पूर्व सांसद: २५ लाख ३० हजार
भरतमोहन अधिकारी, पूर्व उपप्रधानमन्त्री: २५ लाख (मृत्यु भइसकेको)

भीसेनदास प्रधान, पूर्वमन्त्री: २५ लाख
खुमबहादुर खड्का, पूर्वमन्त्री: २० लाख (मृत्यु भइसकेको)
श्रीचन्द्र शर्मा, नेता, एमाले: २० लाख (मृत्यु भइसकेको)
नारायणबहादुर कार्की, नेता कांग्रेस: १८ लाख
देवेन्द्रराज कँडेल, पूर्वमन्त्रीः १५ लाख ८४ हजार
दिनेशचन्द्र यादव, पूर्वसांसद: १२ लाख ५० हजार (मृत्यु भइसकेको)

१५ लाख पाउने
जागृतप्रसाद भेटवाल, पूर्वसांसद (मृत्यु भईसकेको)
रामकृष्ण ताम्राकार, पूर्व मन्त्री (मृत्यु भइसकेको)
पूर्णकुमार शेर्मा लिम्बु, पूर्व मन्त्री
रघुजी पन्त, सांसद
प्रदीप नेपाल पूर्व मन्त्री
कृष्ण केसी, नेता माओवादी
शशी शेरचन सोनाम, पूर्वसांसद (मृत्यु भइसकेको)

१० लाख पाउने
केशवकुमार बुढाथोकी, पूर्वमन्त्री
जयपुरी घर्ती, पूर्वसांसद
रामचरण चौधरी, पूर्व सांसद
परमानन्द झा, पूर्वउपराष्ट्रपति: ९ लाख ३० हजार
तारानाथ रानाभाट, पूर्वसभामुख: ७ लाख
एकनाथ रानाभाट, पूर्वसांसद: ५ लाख ७८ हजार (मृत्यु भइसकेको)

५ लाख पाउने
बालकृष्ण ढुंगेल, पूर्व सांसद (मृत्यु भइसकेको)
हरिबोल भट्टराई, पूर्वसांसाद
तिलक परियार, प्रदेश प्रमुख,
मार्शल जुलुम शाक्य, पूर्वमन्त्री (मृत्यु भइसकेको)
विश्वनाथ अग्रवाल, पूर्वसभासद (मृत्यु भइसकेको)
पार्वती डीसी चौधरी, सांसद
महेन्द्र राय यादव, सांसद
तप्तबहादुर विष्ट, पूर्वसभासद (मृत्यु भइसकेको)
शान्ता चौधरी, सभासद
रामप्रित पासवान, पूर्व सभासद
प्रेमकिशोर साह तेली, पूर्व सभासद
मेघराज निषद, पूर्व सांसद
डिलबहादुर नेपाली, पूर्व सांसद
शेरधन राई, पूर्व मुख्यमन्त्री: ५ लाख
घनेन्द्र बस्नेत, पूर्वसांसद: ३ लाख
उमेशजंग रायमाझी, नेता, कांग्रेस: २ लाख ५० हजार
चित्रबहादुर केसी, सांसद: २ लाख ४४ हजार
रामकुमार सुब्बा पूर्वसांसद: २ लाख
खिलराज रेग्मी, पूर्व अध्यक्ष, मन्त्रिपरिषद्: ६२ हजार
वमकुमारी बूढामगर, पूर्व रापस: ५० हजार
हरिचण साह पूर्वसांसद: ५० हजार
अग्निप्रसाद सापकोटा, पूर्वसभामुख: ४२ हजार
पूर्व सांसद मञ्च: ४० लाख
गणेशमान सिंह फाउन्डेसन: १ करोड