काठमाण्डौ। सशस्त्र प्रहरीको एपीएफ क्लबले लगातार तेस्रो पटक ललितपुर मेयर्स कप टी–२० क्रिकेट च्याम्पियनशिपको उपाधि जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै एपीएफ च्याम्पियनु बनेको हो । एपीएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ६ विकेट गुमाएर १ सय रन मात्रै बनायो ।
कोशीका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन् । बलिङतर्फ एपीएफकी विनु बुढाले दुई तथा रेखा रावल, सोनु खड्का र नेरी थापाले १र१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनायो । एपीएफका लागि कप्तान सीता राना मगरले ७९ र इन्दु बर्माले ५१ रन बनाइन् ।
प्रतियोगितामा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स–११ को सहभागिता रहेको थियो । प्रधानमन्त्री कपको सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपीएफ क्लब र मधेस प्रदेश रहेका थिए ।
एपीएफले यसअघिका दुवै संस्करणको उपाधि जितेको थियो ।