• फाल्गुन २७ २०८२, बुधबार

हेलिकप्टर दुर्घटना : धेरैको ज्यान गएको आशङ्का

चैत्र १६ २०७९, बिहीबार

काठमाडौं। अमेरिकाको केन्टकी प्रान्तको ट्रिग काउन्टीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । केन्टकीका गभर्नर एन्डी बेशियरले यसलाई नराम्रो खबर बताउँदै यसमा मानिसहरू मारिने सम्भावना धेरै रहेको बताएका हुन् ।

स्थानीय समाचार रिपोर्टमा बताइए अनुसार यो घटना स्थानीय समयानुसार २१ः३५ बजे भयो जसमा ९ जना मारिएका छन् । स्थानीय सेनाले पनि आफ्नोहेलिकप्टर दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ ।

फोर्ट क्याम्पबेल मिलिटरी बेसका प्रवक्ताले दुई वटा हेलिकोप्टर नियमित नियमित प्रशिक्षण मिसनको क्रममा दुर्घटनाग्रस्त भएको बीबीसीलाई जानकारी दिए ।

चालक दलका सदस्यको अवस्थाबारे कुनै जानकारी नभएको उनले बताए ।