• मंसिर १२ २०८१, बुधबार

युरोकप छनोट खेल: स्कटल्याण्डसँग स्पेन स्तब्ध

चैत्र १५ २०७९, बुधबार

एजेन्सी । युरोकप छनोटअन्तर्गतको खेलमा पूर्वविजेता स्पेनलाई स्कटल्यान्डले स्तब्ध बनाएको छ।

म्यानचेस्टर युनाइटेडका स्कट म्याकटोमिनेको २ गोल मद्दतमा युरो २०२४ को छनोटअन्तर्गत गएराति भएको खेलमा स्पेनलाई स्कटल्यान्डले पराजित गरेको हो ।

घरेलु मैदानमा स्कट म्याकटोमिनेले पहिलो र दोस्रो हाफमा एक एक गोल गरे। हाम्डेन पार्क ग्लास्गोमा भएको खेलमा म्याकटोमिनेले खेलको सातौँ मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासमा पहिलो गोल गरे।

पहिलो हाफ १-० मा सकेको स्कटल्यान्डले दोस्रो हाफमा अर्को गोल थप्यो। म्याकटोमिनेले नै खेलको ५१औँ मिनेटमा अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। स्पेन बलमा पकड राखेर पनि अग्रपंक्ति चल्न नसक्दा नतिजा सुम्पिन बाध्य भयो।

युरोकप छनोटअन्तर्गत समूह ए अन्तर्गतक पहिलो खेलमा स्पेनले नर्वेलाई ३-० ले हराएको थियो।