काठमाडौँ । सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ। आज अपरान्ह ४ बजे मच्छिन्द्र बहाल देखि आज तीनधारा पाठशालासम्म हुनेछ।
यस्तै, ५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, चैत्र १६ गते ५ बजेदेखि ६ः३० बजेसम्मअसन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, १७ गते ४ ब्जेदेखि ६ः३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन पुर्याइनेछ।
यसैगरी, चैत्र १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा गराइने छ भने चैत्र १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म हुनेछ।