काठमाडौं । मेक्सिकोको आप्रवासी राखिएको हिरासतमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ । अमेरिकी सीमानजिकै सिउडाड जुआरेजमा रहेको आप्रवासी हिरासत केन्द्रमा सोमबार राति भीषण आगलागीमा परी अन्य २९ बन्दी घाइते भएका छन् ।
मेक्सिकोको राष्ट्रिय अध्यागमन संस्थानको विज्ञप्तिमा आगलागीमा परी कम्तीमा ३९ जनाको ज्यान गएको छ भने २९ जना घाइतेलाई अस्पताल लगिएको उल्लेख छ ।