काठमाडौँ । मधेश प्रदेशबाट पैदल हिँडेर राजधानी आएका मिटरब्याज पीडितले सड्कमै बास बस्ने तयारी गरेका छन् । अहिले उनीहरु वीर अस्पताल अगाडि बसिरहेका छन् ।
मधेश प्रदेशबाट १२ दिन पैदल हिँडेर राजधानी आएका मिटरब्याज पीडितहरुलाई सडकमै खाना खुवाइएको छ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्च प्रवेश गर्न नदिएपछि उनीहरुले सडकमै बास बस्ने तयारी गरेका हुन् ।
पशुपतिस्थित धर्मशालामा उनीहरुलाई बासको प्रबन्ध गरिएपनि पीडितहरु वीर अस्पताल अगाडिबाट नहटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताए ।