कठमाडौँ। चालू आर्थिक वर्षको फागुन महिनामा २ करोड रुपैयाँको काजु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुन महिनासम्मको तथ्यांकअनुसार एकै महिनामा २ करोड रुपैयाँको काजु आयात भएको हो ।
विभागले प्रत्येक महिना आयात–निर्यातको तथ्यांक सार्वजनिक गर्ने गर्दछ । जसअनुसार ७ महिना (माघसम्म)मा ४१ करोड ५० लाख रुपैयाँको काजु आयात भएको थियो । जबकी, फागुन महिनासम्ममा ४३ करोड ५३ लाख रुपैयाँको काजु भित्रिएको छ ।
फागुन महिनामा भित्रिएको काजुको तथ्यांकसँग माघसम्मको तथ्यांक घटाउँदा २ करोड हुन आउँछ । यस अवधिमा करिब ६ लाख ५० हजार किलोग्राम काजु आयात भएको छ ।