• फाल्गुन २८ २०८१, बुधबार

भुलेर पनि खालि पेटमा नखानुहोस् यी खानेकुरा

चैत्र १२ २०७९, आईतवार

बिहानको समय प्राय सबैले चिया कफी सेवन गर्ने गर्दछन् । तर यो ठीक कुरा होइन । बिहानको समयमा मनतातो पानी वा सकिन्छ भने एक चम्चा मह राखेर पिउनुहोस् । यो धेरै खनिज भिटामिन, फ्लेवनाइड र एन्जाइम प्रदान गर्न मद्दत दायक हुन्छ ।  खानपानमा विशेष ध्यान दिन आवश्यक रहन्छ । खाना खादा समय र अवस्थाको पनि ख्याल गर्नु पर्ने हुन्छ । कुन समयमा के खाने र के नखाने भन्ने कुरा स्वस्थका लागि अति नै महत्वपूर्ण हुन्छ । सही समयमा सही चिजहरुको सेवनले हाम्रो शरीर स्वस्थ रहन्छ । खाली पेटमा यी खानेकुरा खानु हानिकारक हुन सक्छ ।

चिया र कफी
खाली पेटमा चिया र कफीको सेवान गर्दा पेटमा ग्यास्ट्रिकको समस्या बढ्ने गर्छ ।

अमिलो फल
खाली पेटमा यस्तो फल खानुले पेटमा अधिक एसिड जम्मा हुने गर्छ । फलफूलमा प्रचूर मात्रामा फाइबर र फ्रुक्टोज पाइन्छ । जसले गर्दा हाम्रो पाचनतन्त्रमा समस्या सिर्जना हुन सक्छ ।

काँचो तरकारी
खाली पेटमा सलाद लगायत काँचो तरकारी पनि खानु हुँदैन यसमा हुने फाइबरका कारण खाना सजिलैसँग पच्दैन । त्यसैले बिहान उठेर काँचो तरकारी खानु हुँदैन । यो स्वास्थ्यको लागि हानिकारक छ ।

केरा
खाली पेटमा केरा खाँदा पेटमा दुख्नाका साथै शरीरमा अनेक समस्या हुन सक्छ ।

टमाटर
टमाटरमा साइट्स एसिड पाइन्छ । जसले गर्दा पेटमा ग्यास्ट्रो इन्स्टेन्टाइल एसिडको साथ मिलेर पेटमा ग्यास्ट्रिक दुखाइको समस्या पैदा गर्न सक्छ । अल्सरबाट पीडितहरुका लागि खाली पेटमा टमाटरको सेवन खतरनाक हुन सक्छ ।

दही
दहीको सेवन स्वास्थ्यको लागि राम्रो मानिन्छ । तर बिहान खाली पेटमा दही खाए पेटमा अपचको समस्या बढ्छ ।

चिनी
चिनीलाई ‘व्हाइट एण्ड स्वीट पोइजन’ भन्ने गरिन्छ । खालि पेटमा चिनी सेवन गर्दा रगतमा चिनीको मात्रा बढ्छ । चिनी खाँदा शरीरलाई आवश्यक पर्ने उर्जा र शक्ति त प्राप्त हुन्छ तर यसको मात्रामा वृद्धि हुदैँजादा यसले थकान पनि बढ्छ ।