• फाल्गुन २७ २०८२, बुधबार

तनाबग्रस्त पाकिस्तान : इमरान खानको कार्यक्रम रोक्न लाहोरमा कन्टेरनर राखेर सडक बन्द गरियो

चैत्र ११ २०७९, शनिबार

इस्लामावाद । पाकिस्तानमा आज पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक-ए-इन्साफको यार्लीलाई ध्यानमा राखेर लाहोरका सबै मुख्य प्रवेशद्वारहरु बन्द गरिएको छ । पीटीआईका कार्यकर्तालाई सहर प्रवेश गर्नबाट रोक्न प्रशासनले प्रमुख सडकमा कन्टेनर राखेको छ ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार रवि टोल प्लाजा, सिगियन ब्रिज रोड बन्द गरिएको छ । यहाँ कुनै पनि आवतजावत अनुमति छैन । अर्कोतर्फ मिनार-ए-पाकिस्तान जाने सबै सडकमा कन्टेनर राखिएको छ ।

जसका कारण सर्वसाधारणलाई आवतजावतमा समेत समस्या भएको छ । पीटीआईले आज लाहोरको मिनार-ए-पाकिस्तानमा र्‍याली गर्ने भएको छ । इमरान खानले यो आफ्नो अहिलेसम्मको सबैभन्दा ठूलो यार्ली हुने दाबी गरेका छन् ।