• फाल्गुन २७ २०८२, बुधबार

ब्रेकअप भएको प्रेमी/प्रेमिकालाई फुलाउन न्यूजिल्यान्डले छुट्टायो ४ मिलियन डलर

चैत्र ९ २०७९, बिहीबार

काठमाडौं । न्युजिल्यान्ड आफ्ना किशोरकिशोरीहरूले आफ्ना पूर्व प्रेमी/प्रेमिकाहरुलाई ‘थ्याङ्क यू, नेक्स्ट’ भन्ने समय आएको ठान्छ र उनीहरूले यो गर्न बनाउन लाखौं खर्च गर्ने योजना सार्वजनिक गरेको छ।

बुधबार सुरु गरिएको ‘लभ बेटर’ अभियानले किशोरकिशोरीहरूलाई प्रेमवियोग (ब्रेकअप)बाट हुने हानीलाई न्युनिरकरण गर्न सहयोगका लागि चार मिलियन अमेरिकी डलर विनियोजन गरेको छ। न्युजिल्यान्डले सामाजिक विकास मन्त्रालयले तीन वर्षका लागि उक्त बजेट विनियोजन गरेको हो।

ब्रेकअपबाट किशोर र किशोरीहरुलमा पर्ने प्रभाव न्यूनीकरण अभियान न्युजिल्याण्डका युवाहरूद्वारा सञ्चालित छ। न्युजिल्यान्डले यस विषयमा अनुसन्धान गरेको छ।

१,२०० भन्दा बढी ब्रेकअप भएकाहरूमा गरिएको सर्वेक्षणले आफूलाई प्रेमविच्छेदपछि पर्ने चोटको सामना गर्न सहयोग चाहिने बताएको उल्लेख छ। सामाजिक विकास र रोजगारीका सहायकमन्त्री प्रियंका राधाकृष्णनले एक विज्ञप्तिमा ब्रेकअपलाई साझा चुनौतीका रुपमा लिइएको बताएकी छिन्।