• फाल्गुन २७ २०८२, बुधबार

दुई वर्ष जेल सजाय सुनाएपछि राहुलको प्रतिक्रिया- सत्य मेरो ईश्वर हो

चैत्र ९ २०७९, बिहीबार

काठमाडौं । मानहानि मुद्दामा अदालतबाट २ वर्षको जेल सजाय सुनाएपछि कांग्रेस आईका नेता राहुल गान्धीले पहिलो प्रतिक्रिया दिएका छन् । उनले ट्विटरमा ‘महात्मा गान्धी’लाई उल्लेख गर्दै सत्य आफ्नो ईश्वर भएको बताएका छन् ।

गान्धीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,‘मेरो धर्म सत्य र अहिंसामा आधारित छ। सत्य मेरो ईश्वर हो,अहिंसा त्यसलाई प्राप्त गर्ने माध्यम हो । – महात्मा गान्धी ।’ सुरतको अदालतले उनलाई बिहीबार मात्रै दुई वर्षको जेल सजाय सुनाएको छ ।