• असार २२ २०८१, शुक्रबार

अहिलेसम्म खेताला बनाउनु भो, अब आफ्नो शासन आफै चलाउँछौं भन्दा किन चित्त दुखाउनुहुन्छ !

चैत्र ८ २०७९, बुधबार

घोराही, ८ चैत । दाङको घोराही बजारमा मंगोल नेश्नल अर्गनाइजेशन दाङले बृहत र्याली निकाल्यो । सहभागी अधिकांश मगर पोशाकमा थिए । पञ्चेबाजा बजाउँदै घोराही -१४ को लखन पार्कबाट शुरु भई बैंक रोड, घोराही-१५ को शहिद गेट तुलसीपुर चोकहुँदै नेपाल मगर संघको कार्यालय घोराही-१३ मा पुगि सभामा परिणत भयो ।

अर्गनाइजेशन दाङ जिल्ला शाखाले चौथो अधिवेशनबाट चयन पदाधिकारीको घोषणा सभा आयोजना गरेको थियो । जिल्ला अध्यक्ष प्रिन्स घर्तीमगरको अध्यक्षता एवम् केन्द्रिय सर्वोच्च सभाका मुल सचिव थम्मनबहादुर पुन सहित केन्द्र प्रदेश र जिल्लाका पदाधिकारीको ठुलै संख्यामा उपस्थिति थियो ।

उद्घाटनमा अर्गनाइजेशनका संस्थापक  प्रसिडेन्ट डा.गोपाल गुरुङ र गौतम बुद्धको तस्विर अगाडि राखे र उनीहरुलाई समान दर्जा दिए । चारवटा मैनबत्ती बालेर उद्घाटन गरी शान्तिको सन्देश दिए । त्यसबेलासम्म उत्ताउला र भड्किला देखिने कुनैपनि गतिविधि प्रस्तुत गरेनन् ।

अहिलेसम्म खस- आर्यको नेतृत्व मानेको तर आफ्नो अस्तित्व उनीहरुले स्वीकार्न नसकेकोले संगठित हुनुपरेको बताए । बाहुन-क्षेत्रीका आंशिक व्यक्तिको मोजमस्तिका मात्रै गरेको र देश नबनाएको हुनाले सम्पुणर् मंगोल एक हुन लागेको बताए । राजनीतिक, आर्थिक अस्तव्यस्त, विश्वविद्यालय विदेश जाने युवा उत्पादन गर्ने केन्द्र बनाउन लगायतका विकृत चार सय वर्षको शासनले निम्त्याएको बताए ।

आदिवासी मंगोल अब चुप नलाग्ने उद्घोष गरे । उनीहरुले राजनीतिक पार्टीलाई विश्वास गर्दा अहिले दुःख पाएको र हरेक नेपालीले ऋण बोकेर जन्मनु परेको बताए । अहिले भएका राजनीतिक विकृतिको भण्डाफोर गरे । गोपाल गुरुङको वास्तविक लोकतन्त्र समाप्त गर्न हरेक तिन चार वर्षमा नयाँ नयाँ दल जन्माएको उनीहरुको भनाई थियो ।

त्यहाँ अहिलेसम्म दबाएपनि अब देश भरका मंगोल संगठित भई अगाडि बढ्ने अठोट पनि गरियो । जालझेल र षड्यन्त्र जति नै गरेपनि लोकतन्त्र, धर्म निरपेक्षता र प्रान्तीय सरकार मुल मुद्धाको जित हुने दावी पनि गरियो । हिन्दु धर्म मान्दैनौं भन्दैमा धार्मिक युद्ध निम्त्याउन लागेको आरोप नलगाउन सुझाव दिए ।

बुद्धको समानतामा आधारित शासन चाहेको बताए । खस-आर्यलाई २० प्रतिशत कोटा दिने तर भाषा, धर्म र जाति बचाइदेउ भनेर नमनम नगर्ने बताए ।

‘देशको शासन हामी चलाउँछौं भनेर ८० प्रतिशतले माग्दा किन चित्त दुखाउँछन् ?’ ‘अहिलेसम्म खेतला बनाउनुभयो । अब त्यो एकल नश्लीय शासनको ठाउँमा आदिवासीका छोराछोरी पुग्ने छन् ।’

उनीहरुले राष्ट्रपतिदेखि सचिवहरुहुँदै सबै प्रमुख पदमा एकल जातीयले ओगटेको बताए । यो देशमा लोकतन्त्र घोषणा हुनुपर्छ । नागरिकले लोकको नेतृत्व र शासन गर्नुपर्छ भनेर गोपाल गुरुङले आवाज उठाएको बताए । उनैलाई बिर्सिएर अरुअरुले राज्यमा लुट मच्चाएको भनाई थियो । आफूहरुले दशैं र तिहार मान्दैनौँ भन्दैमा धार्मिक हिंसा मच्चाएको आरोप नलगाउन सुझाव दिए ।

‘बुद्धको विचारमा आधारित शान्तिको शासन गछौँँ । शान्तिका अग्रदुतलाई सम्मान गछौँ’ उनीहरुले थपे, ‘झुठा कुरा नगर्नुस् जबर्जस्ती बौद्ध धर्म मान्नुस् भनेका छैनौँ ।’ उनीहरुले धर्म निरपेक्षता, सबै जात जाति र धर्मलाई अधिकार र राज्यमा समानुपातिक प्रतिनिधित्व चाहेको बताए । कुनैपनि जातिलाई उसको प्रतिशतका आधारमा कोटा दिने घोषणा गरे । आदिवासी जाग्दा, संगठित हुँदा र अधिकार स्थापित गर्दा नतर्सिन सुझाव दिए ।

यसैगरी राजबहादुर घर्तीमगरको अध्यक्षतामा २९ सदस्यीय नयाँ नेतृत्व सार्वजनिक गरिएको थियो । जसको सचिव भिमप्रकाश झाँक्री मगर, कोषाध्यक्ष निर्मल थापामगर र सहसचिव कल्पना चौधरी सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा ज्योति रोकामगर, रमिता चौधरी, गीता पुनमगर, अंगिता चौधरी, गणेश चौधरी, कुमार घर्तीमगर, टेकबहादुर बुढामगर, प्रेमबहादुर रोकामगर, सुर्यप्रसाद पुनमगर, लेखबहादुर कुमाल, खुपिराम थापामगर, डमबहादुर छन्त्याल, किशोर चौधरी, बाबु रोकामगर, स्यामबहादुर पुनमगर, प्रकाश चौधरी, जिउधन चौधरी, रेगबहादुर चौधरी, जया घर्तीमगर, भिमबहादुर नेपाली, नरेन्द्र रोकामगर, पुनम बुढामगर, सीता चौधरी, खुमबहादुर गाहामगर र बसन्ती चौधरी चयन हुनुभएको छ ।

यसैगरी सल्लाहकारमा अमरबहादुर बुढामगर, जितन पुनमगर, पिन्स घर्तीमगर, शुसिला चौधरी, खड्कबहादुर बुढामगर, हिरासरी बुढामगर, कान्तबहादुर घर्तीमगर, भिमबहादुर बुढामगर, पहलमान आले, धरम घर्तीमगर र बसन्तकुमार बुढाथोकी हुनुहुन्छ ।

केन्द्रिय सर्वोच्च सभा सचिव सन्तोष तामाङ, केन्द्रिय अनुशासन विभाग सदस्य कल्पना थापामगर, केन्द्रिय सर्वोच्च सभा सदस्य सुमन तामाङ, मंगोल भिजन साप्ताहिकका निर्देशक प्रेमछिरिङ शेर्पा, केन्द्रिय सर्वोच्च सभा सदस्य आयुष विक, लुम्बिनी प्रान्तिय सभा संयोजक टोपबहादुर खाम्चामगर,  कर्णाली प्रान्तिय सभा संयोजक हरिबहादुर पुनमगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।