काठमाडौँ । नेपाल नागरिक उड्यान प्राधिकरणले क्षमताभन्दा बढी लोड बोकेको भन्दै नेपाल एयरलाइन्सको विमानको चालक दलका सदस्यलाई कारबाही गरेको छ।
ताप्लेजुङबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानले क्षमता भन्दा १ सय ७ केजी बढी समाना बोकेको पाइएपछि उड्डयन प्राधिकरणले चालक दलका सात जनालाई प्रष्टिकरण सोधेको हो।
तत्कालका लागि उनीहरुलाई काम गर्नबाट समेत रोक लाइएको (ग्राउन्डेड) गरेको छ।
प्राधिकरणले चालक दलका तीन जना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरेको हो। घटनाबारे थप छानबिन गरिने भइरहेको प्राधिकरणले जनाएको छ।