मस्को । चिनियाँ राष्ट्रपति सी जिनफिङ औपचारिक भ्रमणका लागि छिमेकी मुलुक रूस पुगेका छन् । सोमबार दिउँसो उनी तीन दिने भ्रमणका लागि मस्को पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । गत वर्ष रूसले युक्रेनमाथि आक्रमण गरेपछि चिनफिङ पहिलो पटक मस्को पुगेका हुन् ।
मस्कोमा रहँदा उनले रूसी समकक्षी भ्लादमिर पुटिनसँग युक्रेन युद्ध लगायत विषयमा वार्ता गर्ने बताइएको छ ।
युक्रेनमाथि आक्रमण गरेपछि रूसले पश्चिमा शक्ति राष्ट्रहरू आर्थिक प्रतिबन्धदेखि विभिन्न दबाब झेलिरहेको छ।
यस्तो बेला यही महिना मात्रै तेस्रो कार्यकालका लागि चिनियाँ राष्ट्रपति चुनिएका चिनफिङ मस्को पुगेका हुन् । मस्कोमा पुटिनसँग वार्ता गरेपछि उनी युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि कुरा गर्ने बताइएको छ ।