• फाल्गुन २७ २०८२, बुधबार

पोर्नस्टारको मुद्दामा पक्राउ पर्ने डरले ट्रम्पले आफ्ना समर्थकलाई के भने ?

चैत्र ५ २०७९, आईतवार

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व पोर्नस्टारलाई मौन बस्नका लागि पैसा दिएको आरोपमा आफू पक्राउ गर्न सकिने बताएका छन्।

उनले आफ्ना समर्थकहरूलाई पक्राउसम्बन्धी कुनै पनि पहलको विरोध गर्न आग्रह गरेका छन्। पूर्वराष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा आफू पक्राउ परे आफ्ना समर्थकले कडा विरोध गर्नुपर्ने पनि बताएका छन्।

ट्रम्पका एक वकिलले मिडिया रिपोर्टको आधारमा यो बयान दिएको बताएका हुन्। यदि यसो भयो भने उनी फौजदारी मुद्दा चल्ने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुनेछन्।

यदि उनी पक्राउ परे भने सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने उनको अभियान संकटमा पर्न सक्छ। यस मामिलामा ट्रम्पविरुद्ध विगत पाँच वर्षदेखि अनुसन्धान चलिरहेको छ ।