काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले एन.आर. कलेज नेपालटारमा तत्काल निर्वाचनको माग राखेको छ । विभिन्न क्याम्पसहरुमा निर्वाचन जारी भइरहँदा एन.आर. कलेज नेपालटारमा मनोनयन दर्ता गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसक्दा पनि आज निर्वाचन रोकिएपछि राप्रविसंले आपत्ति जनाएको हो ।
क्याम्पसले विना सुचना निर्वाचन तालिका हेरफेर गर्न खोजेपछि राप्रविसंले निर्वाचनको माग राखेर विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएको हो ।जारी विज्ञप्तीमा राप्रविसं एन.आर.कलेजका अध्यक्ष प्रकाश खनालले केही संगठनहरुको निहित स्वार्थ, निर्वाचन समितिको असक्षमता र क्याम्पस प्रसासनको गैरजिम्मवारिपनका कारण निर्धारित तालिका बमोजिम निर्वाचन हुन नसकेको आरोप लगाएका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले मनोनयन दर्ता गर्ने समय २०७९/११/२७ गते ठिक ११:०० बजे राप्रविसंले मनोनय फाराम निर्वाचन समिति समक्ष आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । त्रि.वि. को कार्यतालपका अनुसार आईतवारसम्म दावि विरोध गर्ने समय रहेको र सोमवारसम्म उम्मेदवारी फिर्ता गर्ने समय रहेकोमा उक्त समयसम्म कसैको दावी विरोध पनि नपरेको र उम्मेदवारी फिर्ताको निवेदन समेत नपरेको र उम्मेदवारको अन्तिम नामावली प्रकाशन समेत गरिसकेकोले चैत्र ५ गते निर्वाचन सम्पन्न गर्न कुनै पनि समस्या नरहेको राप्रविसंले बताएको छ । आईतवार मतदान गर्न भनी आएका बिध्यार्थीहरु अन्योलमा परेपछि राप्रविसंले विज्ञप्तीमार्फत निरवाचनको गर्न माग गरेका हुन ।
राप्रविसं एन।आर। कलेजका अध्यक्ष प्रकाश खनालले निर्धारित मितिमा निर्वाचन नगरेर निर्वाचन स्थगित गर्ने वा सार्ने कार्य राप्रविसंलाई मान्य नहुने र क्याम्पस प्रशासनले अटेर गरेमा राजनैतिक तथा कानुनी रुपमा प्रतिवाद गर्ने जनाएका छन् ।
चौध वर्षपछि आज त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ ।