• फाल्गुन २७ २०८२, बुधबार

युद्ध अपराध आरोपमा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

चैत्र ४ २०७९, शनिबार

काठमाडौं। युद्ध अपराधको अभियोगमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

आईसीसीले पुटिनविरुद्ध बालबालिकालाई गैरकानुनी रुपमा युक्रेनबाट रुस पठाएको पनि आरोप लगाएको बीबीसीले जानकारी दिएको छ ।

रुस र युक्रेनबीच २४ फेब्रुअरी २०२२ देखि युद्ध जारी छ । सो क्रममा रुसले युक्रेनलाई आक्रमण गरेको थियो । उक्त आक्रमणमा रुसले युद्ध अपराध गरेको आरोप लाग्दै आएको छ । तर सो अपराधलाई रुसले स्वीकार गर्न सकेको छैन ।

उता रुसको विदेश मन्त्रालयले भने ‘इन्टरनेशनल क्रिमिनल कोर्ट’को फैसलाले आफ्नो देशमा कुनै अर्थ नराख्ने प्रतिकृया दिएको छ ।