• फाल्गुन २७ २०८२, बुधबार

उत्तर कोरियाद्वारा अमेरिकासम्म प्रहार गर्न सक्ने मिसाइल प्रक्षेपण

चैत्र २ २०७९, बिहीबार

काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरिया र जापानका शीर्ष नेताहरूको ऐतिहासिक शिखर सम्मेलनको केही घण्टाअघि एक इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ।

जापान र दक्षिण कोरिया दुवै देशका अधिकारीहरूले मिसाइल प्रक्षेपणको पुष्टि गरेका छन्। बिहीबार बिहान लञ्च गरिएको मिसाइल लगभग एक हजार किमि पर जापानको पश्चिमी समुन्द्रमा खसेको थियो। दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफका अनुसार उत्तर कोरियाको पूर्वी तटबाट यो मिसाइल स्थानीय समय अनुसार ७ बजेर १० मिनेटमा प्रक्षेपण गरिएको थियो।

जापानको रक्षा मन्त्रालयले यो मिसाइल आईसीबीएन भएको स्वीकार गरेको छ। मिसाइल लगभग ७० मिनेटको अवधिमा ६ हजार किमिभन्दा धेरैको दूरीमा पुगेको बताइएको छ।

यो मिसाइलको मार अमेरिकासम्मको छ। पछिल्लो एक हप्ताको अवधिमा उत्तर कोरियाको यो चौथो मिसाइल प्रक्षेपण हो। यीमध्ये बाँकी मिसाइल कम दूरीका थिए। उत्तर कोरियाले यो कदम कोरियाली प्रायद्विपको छेउमा अमेरिका र दक्षिण कोरियाकाबीच चलिरहेको नौसैनिक अभ्यासको विचमा उठाएको हो।

दक्षिण कोरियाका राष्ट्रपति यून सुक–योलले यो मिसाइल लञ्चपछि अमेरिका र आफ्नो संयुक्त सैन्य अभ्याास जारी रहने बताएका छन्।