• मंसिर ११ २०८१, मंगलवार

उल्लु अर्जुन साउथका सबैभन्दा महँगा अभिनेता, एउटै फिल्मको लिए १ सय २५ करोड

चैत्र १ २०७९, बुधबार

काठमाडौं । दक्षिण भारतीय फिल्म अभिनेता अल्लु अर्जुन सबैभन्दा महँगो पारिश्रमिक लिने कलाकार बनेका छन्।

‘पुष्पा : द राइज’बाट लोकप्रियता बढाएका उनले नयाँ फिल्मका लागि १ सय २५ करोढ भारतीय रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ। फिल्म ‘भद्रकाली’का लागि उनले उक्त रकम चार्ज गरेका हुन्।

जसको निर्माण सन्दीप रेड्डी बंगा र भूषणकुमार गर्दैछन्। यसअघि दक्षिण भारतीय कलाकारमा सबैभन्दा धेरै पारिश्रमिक प्रभासले लिने गरेका थिए। उनले फिल्म ‘साहो’का लागि १०० करोड लिएका थिए।

त्यस्तै रजनीकान्तले पनि १०० करोड नै लिने गरेका छन्। यसैगरी फिल्म ‘स्पिरिट’, ‘प्रोजेक्ट के’ र ‘आदिपुरुष’का लागि पनि त्यति नै पारिश्रमिकमा काम गरिरहेका छन्।