• फाल्गुन २७ २०८२, बुधबार

 पत्रकारको प्रश्नले घेरिएपछि मञ्च छोडेर भागे बाइडेन(भिडियोसहित)

फाल्गुन ३० २०७९, मंगलवार

एजेन्सी । सिलिकन भ्याली बैंक डुबेपछि अमेरिकी अधिकारीहरुमाथि चौतर्फि क्षेत्रबाट प्रश्न उठिरहेको छ । अमेरिकामा एक पछि अर्को बैंक संकटमा पर्न थालेपछि अमेरिकी अधिकारीलाई अहिले टाउको दुखाइ बनेको छ ।

बैंक डुबेको विषयले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि छोडेन । राष्ट्रपति बाइडेनलाई अमेरिकामा निम्तिएको बैंक संकटबारे सोमबार पत्रकारहरुले घेरेका छन्। पत्रकारहरुको प्रश्नले घेरेपछि उनले मुख खोलेनन् बोरु मञ्चनै छाडेर हिँडे । बाइडेन भागेको भिडियो अहिले भाइरल भइरहेको छ ।

यसअघि चिनियाँ जासुसी बेलुनलाई लिएर सोधिएको प्रश्नको पनि जवाफ नदिइ बाइडेन हिँडेका थिए। त्यसबेला आफैंले राखेको पत्रकार सम्मेलनमा घटनाबारे बताएपछि पत्रकारले एकपछि अर्को प्रश्न उठाइदिँदा जवाफ नै नदिइ सम्मेलनकै बीचमा उनी हिँडेका थिए।

राष्ट्रपति बाइडेन ह्वाइट हाउसमा, ‘लचिलो बैंकिङ व्यवस्था बनाइराख्न ऐतिहासिक आर्थिक सुधारको रक्षा’बारेमा बोलिरहेका थिए।

त्यसपछि सोमबार बाइडेनलाई पत्रकारले सोधे, ‘के तपाईं सिलिकन भ्याली बैंक जस्तै संकट नआउने ग्यारेन्टी गर्न सक्नु हुन्छ?’ तर जो बाइडेन यस प्रश्नको जवाफ नै नदिइ मञ्च छाडेर हिँडिदिए।