• फाल्गुन २७ २०८२, बुधबार

भरतमा डाक्टरलाई बलात्कार गरेको आरोपमा एक नर्स पक्राउ

फाल्गुन ३० २०७९, मंगलवार

काठमाडौं। भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा एक पुरुष नर्स पक्राउ परेका छन् ।

बलात्कारपछि महिला डाक्टरको नग्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा २४ वर्षीय पुरुष नर्सलाई पक्राउ गरिएको हो ।

भारतीय प्रहरी अधिकारीका अनुसार त्रिशूर जिल्लाका निशम बाबुले २८ वर्षीय डाक्टरलाई कोइम्बटूरको एक अस्पतालमा नयाँ जागिर दिने झूटो आश्वासन दिएर एक होटेलमा लगेका थिए । सो होटेलमा पुगेकी महिला डाक्टरको निशम बाबुले नग्न तस्बिर खिचेका थिए, त्यही नग्न तस्बिर खिचेर सो पुरुष नर्सले महिला डाक्टरलाई निरन्तर यौन दुब्यर्हार गरेका हुन ।

त्यसपछि पुरुष नर्स निशम बाबुले आफ्नो नग्न तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरे पछि महिला डाक्टर प्रहरीकोमा गएकी थिइन । उनको उजुरीको आधारमा निशमलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार बाबुलाई आईपीसीको धारा ३७६ (बलात्कार) र सूचना प्रविधि ऐन २००० को धारा ६७ ए (इलेकट्रोनिक रूपमा यौनजन्य कार्य) अनुसारको सामग्री प्रकाशन वा प्रसारण गरेकोमा सजाय अन्तर्गत मुद्दा लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।