• मंसिर १५ २०८१, शनिबार

औषधि व्यवस्था विभागले औषधि उद्योगहरुलाई कारवाही गर्दै

फाल्गुन २९ २०७९, सोमबार

काठमाडौं । औषधि व्यवस्था विभागले दर्ता भई सञ्चालन रहेका आयुर्वेद औषधि उद्योगलाई कारबाहीको दायरामा ल्याउने भएको छ । विभागले सोमबार सूचना जारी गरी स्वदेशी र विदेशी उद्योगहरूलाई सम्पर्कमा आउन निर्देशन दिएको छ ।

कम्पनी प्रोफाइलको एकप्रति सर्फट र एकप्रति हार्डकपी सहित व्यवस्था विभागमा ३५ दिनभित्र उपलब्ध गराउन विभागले निर्देशन दिएको छ ।

सञ्चालनमा नरहेका उद्योगहरूले आ–आफ्नो उद्योग सञ्चालन गर्ने नसकेको कारणसहित निवेदन दिन सूचनामार्फत निर्देशन गरिएको छ । यद्यपि विभागको दर्ता किताबमा १९६ औषधि उद्योगहरू रहेपनि सञ्चालन हुने उद्योगको सङ्ख्या न्यून रहेको विभागले जनाएको छ ।