काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाली बलरहरुको जादु चल्दा पपुवा न्युगिनी निरिह बने । पीएनजीविले नेपाल सामु ९५ रनमा समेटिन पर्यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पिएनजी सबै विकेट गुमाउँदै ९५ रनमा समेटियो । नेपालले भने ७.४ ओभरमा १ विकेटको क्षतिमा १ सय रन बनाउन सफल भयो ।
नेपालका लागि सन्दीप लामिछानेले ४ र ललित राजवंशीले २ विकेट लिए । त्यसैगरी सोमपाल कामी र कुशल मल्लको नाममा एक एक विकेट रहेको छ।