• मंसिर १२ २०८१, बुधबार

कुशलले नेपाललाई दिलाए नवौं सफलता

फाल्गुन २९ २०७९, सोमबार

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नवौं सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो बलिङ गरेको नेपालले ३१ औं ओभरमा नवौंं विकेट लिएको हो ।

नेपालका लागि कुशल मल्लले ३१ औं ओभरको तेस्रो बलमा काबुआ मोरेयालाई १ रनमा क्याच आउट गराए ।

यसअघि नेपालका लागि सन्दीप लामिछानेले ३० औं ओभरको पाँचौं बलमा हिला भारेलाई ७ रनमा बोल्ड आउट गरेका थिए ।