काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले यूएईविरुद्ध सुरुमै चार विकेट लिएको छ।
केबल २० रन मात्रै बनाएको अवस्थामा नेपाली बलरले यूएईका चार विकेट झार्न सफल भएका हुन्। नेपालका लागि पछिल्लो पटक छैटौँ ओभरको पहिलो बलमा आशिफ खानलाई सोमपाल कामीको बलमा आशिफ शेखले क्याच आउट गरे।
त्यसअघि नेपालका लागि तेस्रो विकेट कुशल भुर्तेलले लिए। उनले ललितराज वंशीको बलमा मोहम्मद वासिमलाई केबल १ रनमै क्याच आउट गरिदिए।
त्यसैगरी दिपेन्द्रसिंह ऐरीले आर्यन लाक्रालाई शून्यमै पेवेलियन फर्काइदिए। उनले तेस्रो ओभरको चौथो बलमा लाक्रालाई बोल्ड आउट गराए।
यसअघि नेपालले पहिलो ओभरको पाँचौँ बलमै विकेट लिएको थियो। नेपालका ललित राजवंशीले भृत्या अरविन्दलाई बोल्ड आउट गरेका थिए।