• बैशाख ९ २०८२, मंगलवार

केपी ओली पक्षधर र माधव पक्षधर विद्यार्थीबीच खुकुरी हानाहान

फाल्गुन २७ २०७९, शनिबार

काठमाडौं । स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने क्रममा काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पस प्रर्दशनी मार्गमा खुकुरी प्रहार भएको छ ।

विद्यार्थीको समूहबीच विवाद बढेपछि शनिबार खुकुरी हानाहान भएको हो । विवाद बढेपछि नेकपा एकीकृत समाजवादी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएका छन् । फर्जी विद्यार्थी खडा गरिएको भन्दै विवाद आरआरमा बढेको थियो ।

विवाद बढेपछि कांग्रेस निकट नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी लगायत सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका छन् ।