• चैत्र २७ २०८१, बिहीबार

श्रीमतीलाई सधैं खुशी राख्ने ५ टिप्सहरु

फाल्गुन २६ २०७९, शुक्रबार

हरेक श्रीमान आफ्नी श्रीमतीलाई खुशी राख्न चाहन्छन् । तर कतिपय श्रीमानले श्रीमतीको भावनालाई बुझ्न नसक्दा उनीहरुले श्रीमतीलाई खुशी पार्न सकिरहेका हुँदैनन् । यस्तो अवस्थामा श्रीमतीलाई कसरी खुशी पार्ने भन्ने विषयमा उनीहरु चिन्तित हुन्छन् तर चिन्ता लिनु पर्दैन । यसका लागि केही टिप्सहरु छन् जसले सहजै श्रीमतीलाई खुशी राख्न सकिन्छ ।

श्रीमतीको रुची :
प्रायः महिलाहरु विवाहपछि आफ्नो आकांक्षा श्रीमानले पूरा गरिदिउन् भन्ने चाहन्छन् तर त्यसमा कतिपय पुरुषले खास ध्यान दिँदैनन् । त्यसैले श्रीमतीलाई खुशी राख्न उनको रुची र चाहना बुझ्न आवश्यक छ ।


Advertisement

सुन्ने बानीको विकास :
धेरै विवाहित पुरुषहरुको आम गुनासो भनेकै श्रीमतीको धेरै बोल्ने बानी हो । श्रीमतीहरु केवल आफ्नो कुरा मात्र सुनाउने गर्दछन् । त्यसकारण आफू कम बोलेर श्रीमानको कुरा पनि सुन्ने वा त्यसलाई पालना गरेमा यसले श्रीमानलाई खुशी पार्नसक्छ ।

बचत गर्ने बानी :
सबै त होइन तर कतिपय श्रीमती श्रीमानको कमाईको दुरुपयोग गर्छन् । अर्थात् अनावश्यक शिर्षक र खर्चमा पैसा उडाउँछन् तर कुनै पनि श्रीमानलाई यो चित्त बुझ्दैन । त्यसैले श्रीमान खुशी पार्न पनि नचाहिँदो शिर्षकमा खर्च गर्ने बानी रोक्नु पर्दछ ।

लामो विवाद नगर्ने :
हरेक श्रीमान आफ्नी श्रीमतीबाट सुझबुझको अपेक्षा गर्दछन् तर कतिपय श्रीमतीहरु श्रीमानसँग सानासाना विषयमा पनि अनावश्यक विवाद वा बहस गरिरहेका हुन्छन् । यसले श्रीमानलाई झर्को लगाउँछ । र उनी श्रीमतीकै कारण तनावमा आउने गर्दछन् ।

एक्लै योजना नबनाउने :
हरेक मानिसले स्वतन्त्रता पाउनु पर्छ । तर स्वतन्त्रताको नाममा बिना सल्लाह कुनै पनि निर्णय एक्लै लिने बानीले तपाईंलाई श्रीमानबाट टाढा बनाउन सक्छ । तसर्थ कुनै पनि योजना बनाउँदा श्रीमानसँग अनिवार्य सल्लाह लिए यसले श्रीमानलाई खुशी पार्न सक्छ ।