काठमाडौँ। सन्दीप लामिछानेले नेपालका लागि आईसीसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पीएनजीले आफ्नो ३३ औं ओभरमा दुई विकेट गुमाएको हो ।
३३ औं ओभरको सन्दीपले दोस्रो बलमा हिरी हिरीलाई बोल्ड आउट गराएका हुन् । हिरी हिरीले ८ रन बनाए । सन्दीपले नै ३३ औं ओभरको तेस्रो बलमा काड सोपरलाई क्याच आउट गराए । पीएनजीले ३३ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १५३ रन बनाएको छ ।