• मंसिर १५ २०८१, शनिबार

ब्याजदर घटाउने निर्णयसँगै नेप्से सूचक भारी अंकले बृद्धि

फाल्गुन २५ २०७९, बिहीबार

काठमाडौँ । बचत निक्षेप र कर्जाको ब्याजदरमा प्रिमियम घटाउने बैंकर्स संघको निर्णयले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा भारी वृद्धि भएको छ । यस दिन नेप्से सूचक ५० अंकमाथिले बढ्दै २ हजार अंकको विन्दुमा उक्लिएको हो ।

२.५६ प्रतिशतले नेप्से बढ्दै गर्दा आज १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।

आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.५० प्रतिशतले वृद्धि हुँदै ३७९.५० अंकमा उक्लिएको छ भने १३ वटै उपसूचक धनात्मक भएका छन् ।