काठमाडौं । नेपालमै पहिलोपटक दुई दिने महिला स्वास्थ्य सम्मेलन सुरू भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र अन्य साझेदार निकायहरूको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो।
महिला स्वास्थ्यको विषयमा नीति निर्माता र कार्यक्रम कार्यान्वयनकर्ताहरू बिचको साझेदारी र सहकार्यलाई सबल पार्ने र प्राथमिकतामा राख्नुपर्ने महिला स्वास्थ्यका विषयहरू पहिचान गरी नीति निर्माणमा पहल गर्ने सम्मेलनको मुख्य उदेश्य रहेको परिवार कल्याण महाशाखाका डा विवेक कुमार लालले बताए ।