काठमाडौं । आइसीसी विश्वकप त्रिकोणात्मक एक दिवसिय सिरिजमा नेपालले लगातार तेस्रो विकेट लिएको छ। १४.३ ओभरमा ओपनर टोनी उरा ५० रन बनाउदा क्याच आउट भए। ४४ बलको सामना गरेका उराले ९ चौका हाने।
१४ औ ओभरको तेस्रो बलमा सेसे बाउ क्याच आउट हुँदै पवेलियन फर्के। बाउ दिपेन्द्र सिंह ऐरिको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए।
१२ औँ ओभरको दोस्रो बलमा ओपनर किपलिन डोरिगा रन आउट भए। ३४ बलको सामना गरेका डोरिगाले ३ चौका र १ छक्का हाने।
नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पपुवा न्यु गिनी १४.३ ओभरमा तिन विकेटको क्षतिमा ९२ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा टोनी उरा ५० कप्तान असद भाला ३ रनमा नटआउट छन्।