• असार २२ २०८१, शुक्रबार

१२ वर्षिया बालिकाको ‘बाह्र बसन्तका पालुवाहरु’ले दिग्गजहरु मन्त्रमुग्ध

फाल्गुन २५ २०७९, बिहीबार

घोराही, २५ फागुन । रोष्ट्रम भन्दा थोरै अग्ली १२ वर्षीया लक्ष्मी सुवेदीले ‘कोरोना भाइरस र आमाको माया’ शिर्षकमा कविता वाचन गर्नुभयो । उहाँले पहिलो कृति ‘बाह्र बसन्तका पालुवाहरु’ भित्रबाट छानेर ती कविता सुनाउँदा बुधवार राप्ती साहित्य परिषदको सहभाहल घोराहीमा दिग्गज साहित्यकार मुग्ध भए ।

‘मलाई त यस्तो भावुकता जाग्यो कविताको पाठ र संग्रहमा भएका कविता कतैपनि कृतिमता देखिन’ प्रमुख अतिथि राप्ती साहित्य परिषदका संस्थापक वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले भन्नुभयो, ‘लक्ष्मीलाई उपदेशको भारी होइन, सिर्जना प्रस्फुटित हुने वातावरण सिर्जना गरौँ ।’

यसरी ८० वर्ष कान्छी साहित्यकार सुवेदीको सृजनाले आफू अवाग भएको बताउनु भयो । लेखकीय अनुभव सुनाउन सञ्चालकले मञ्चमा बोलाएपछि लक्ष्मी हंसमुख र निधक्कले उभिनुभयो । विद्यालयमा खाली समय हुँदा कविता पढ्छु । मोबाइलमा पनि अरुले वाचन गरेका कविता सुन्छु । धेरै कविता लेखेर विद्यालयको प्रार्थनाका बेला सुनाउँथें ।

मलाई शिक्षकले हौसला दिनुहुन्थ्यो । मैले कविता वाचन गरेको रकेर्ड गरेर फेसबुकमा पनि हालिदिनुहुन्थ्यो । यति भनिरहँदा धेरैले आश्चर्य चकितहुँदै ध्यान मग्न भए । त्यो उमेर, कलिलो वालाजीवन भन्दा असाध्यै पाको मन्तव्य थियो । त्यसैगरी १२ वर्ष उमेरमै उपन्यास लेख्ने अर्चितबाबु सुवेदी लक्ष्मीको कृति प्रकाशनमा प्रेरणाका स्रोत हुनुहन्थ्यो ।

त्यससँगै थियो रोल्पाली सुवेदी परिवारको साहित्यिक घर मुख्य थलो थियो । प्रमुख जिल्ला अधिकारी शुसिल वैद्यले रोल्पा कार्यरत छँदा घरमै पुगेको बताउनु भयो । साहित्यप्रति समर्पित परिवार भनेर प्रशंसा गर्नुभयो ।

नातिनीका कविता मनपरेपछि लक्ष्मीका हजुरबुवा खोबिलाल सुवेदीले पुस्तक छाप्ने आर्थिक जुटाइदिनु भयो । यसैगरी लक्ष्मी अध्यनरत जनज्योति माध्यामिक विद्यालय गजुल रोल्पा सहित सबैले लेख्ने प्रेरणा प्रदान गरे । साहित्यकारहरु कविता उपाध्याय र दामु मर्सिफुलले ठिक छ भनेर हौसला दिनुभयो ।

बालसात्यिकार सुवेदीका अनुसार २०७६ पुस २४ गते शुरु भएको कोरोना भाइरसको लकडाउन पनि कविता संग्रह निकाल्न सहयोगी बन्यो । थप देखे–भोगेको सामाजिक परिवेश कविता बने । सहयोगी घर र जन्माउने आमाको महिमाले कविता फुर्दै रहे । महान चाडपर्वका बेला नेपाल प्रहरी र नेपाली सेनाले फिल्डमै काम गरेरेको देख्दा पनि कविता फुर्यो ।

मनोरम वातावरण हेरेर पनि कविता बने र संग्रहका रुपमा सार्वजनिक गर्ने अवसर मिल्यो । अनि कविता सिर्जना भए र ८ पृष्ठमा अटाए । कविताको भावलाई पुष्टि गर्ने चित्र सहितको कविता संग्रह बन्यो । यस संग्रहको महत्वपूर्ण पक्ष अक्षर पढ्न नसक्नेले पनि चित्रमार्फत् बुझ्छ ।

समिक्षक साहित्यका खेमराज शर्माले १२ वर्षे उमेर भन्दा धेरै अग्ला कविता भनेर टिप्पणी गर्नुभयो । उहाँका अनुसार उच्छि«ङ्खलता, अराजकता कविता भित्र कतैपनि पाइँदैन । सबै कविता सामाजिक छन् । नितान्तै बालसिर्जना हुन् । सबैमा आफ्नै विवेक पुष्टि हुन्छ । विद्यार्थी जीवनमै अझ सानै उमेरमा कृति प्रकाशनको खुशी व्यक्त गर्न राप्ती साहित्य परिषदका केन्द्रिय सल्लाहकार पुरुषोत्तम खनालले शुभकामना मन्तव्यकै क्रममा खादा पहिराई नगदले सम्मान गर्नुभयो ।

अर्का साहित्यकार धनसिंह गिरीले पनि एक हजार पाँच रुपैयाँ पुरस्कार दिनुभयो । उहाँलाई हौसला दिन ठुलो संख्यामा साहित्यकारहरुको उपस्थिति रहेको थियो । परिषदका अध्यक्ष टिकाराम उदासीले निरन्तरताको अभाव रहेकाले त्यसलाई तोड्न लक्ष्मीलाई आग्रह गर्नुभयो । ‘प्रतिभा पलायन देखिन्छ’ उहाँले भन्नुभयो, ‘यस अघि बालसिर्जना भएकै हुन् । विवेक आचार्य, वासुदेव भण्डारी, अर्चितबाबु सुवेदीहरु साहित्यमा देखिनु भएको छैन ।’

उहाँले त्यस्तो वातावरण पनि नभएको स्विकार्नु भयो । जरुरी रहेको औंल्याउनु भयो । प्रज्ञासभा सदस्य उत्तमकृष्ण मज्गैयाँले बाल साहित्यकारलाई चिन्तनको धरातल निर्माण गर्ने बताउनु भयो । राप्ति साहित्य परिषदका केन्द्रिय वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाले यसक्षेत्रको पहिलो कृति भनेर टिप्पणी गर्नुभयो । अनेकौं कृति प्रकाशित भए तर १२ वर्षमै कविता संग्रह पहिलो हो ।

परिषदका महासचिव रमेश सुवेदीले परिवार भित्रको खुशी बाँड्न पाएको अनुभूती सुनाउनु भयो । उहाँका अनुसार उतै पनि विमोचन गर्न सकिन्थ्यो तर, साहित्यको संरक्षण गर्न राप्ति साहित्य परिषदले भूमिका खेलेको छ । छहारी दिएको छ । त्यसैले खुशी साट्न सुवेदी परिवार रोल्पाबाट दाङ आएको थियो ।